कला


‘फेरि रेशम फिलिली’को टिजरमा अमेरिका जान संघर्षरत युवाको कथा

‘फेरि रेशम फिलिली’को टिजरमा अमेरिका जान संघर्षरत युवाको कथा

नेपालखबर
माघ २४, २०८१ बिहिबार १९:५६, काठमाडौँ

महाशिवरात्रीको अवसरमा फागुन १४ गतेबाट रिलिज हुने फिल्म ‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले अमेरिका जान एक युवाले गर्ने संघर्षको कथा समेटेको छ।

फिल्मको टिजरमा सार्वजनिक संवादले चर्चा पाउने देखिन्छ। रोचक ढंगले काटिएको टिजरले सिनेमाको कथावस्तु प्रकाश पार्छ। सिनेमाको यसअघि सार्वजनिक पोस्टर तथा गीतले दर्शकमाझ सिनेमाप्रति अपेक्षा बढाइरहँदा टिजरले ‘फेरि रेशम फिलिली’ प्रतिको उत्साह अझै थपेको छ।

यस फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सहनिर्मातामा एनि थापा छन्। सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन्। सिनेमाको कथा पनि उनले नै लेखेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad