आँचल शर्मा र खगेन्द्र लामिछानेको मुख्य भूमिकामा फिल्म ‘हर्ष’ बन्ने भएको छ।
यसै फिल्मबाट एकता पौडेलले निर्देशनमा डेब्यु गर्दैछिन्।
ई-प्राइम मुभिजको ब्यानरमा बन्ने सिनेमामा हाललाई प्रमुख कलाकारमा आँचल र खगेन्द्रमात्र अनुबन्ध भएका छन्।

अन्य कलाकारको जानकारी निर्माण पक्षले केही दिनपछि दिइने जनाएको छ।
सिनेमालाई प्रसन्न पौडेल र विकास पौडेल (चितवन) ले निर्माण गर्दै छन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) छन्।
आलोक शुक्लाको सिनेम्याटोग्राफी रहने सिनेमामा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर छन्।
एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन् भने उनले न्युयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी छन्।
मह सञ्चारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छन्।
उनले यसअघि केही सर्ट फिल्म बनाइसकेकी छन्।
Shares

प्रतिक्रिया