कला


‘झिल्के एन्ड द कम्पनी’ ब्यान्डले ल्यायो ‘राम्री बाहुन केटी’(भिडिओ)

‘झिल्के एन्ड द कम्पनी’ ब्यान्डले ल्यायो ‘राम्री बाहुन केटी’(भिडिओ)

नेपालखबर
माघ २८, २०८१ सोमबार १२:३२, काठमाडौँ

नेपाली ब्यान्ड ‘झिल्के एन्ड द कम्पनी’को गीत ‘राम्री बाहुन केटी’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ। 

पोजिटिभ भाइब्स इन्टरटेन्मेन्ट नेटवर्कद्वारा निर्मित यो कम्पनीको आउँदो एल्बमको पहिलो गीत हो।

सार्वजनिक गीतमा स्टिभ देवानको स्वर, शब्द र संगीत रहेको छ। भिडिओमा ‘मिस नेपाल २०२४’की फाइनलिस्ट तथा ‘मेगा मोडल सिजन ४’ का विजेता पुजा बराल, प्रवेश जोशी, प्रह्लाद ओली र बिपुला सिद्धान्त जोशीको अभिनय छ। 

भिडिओमा एक युवालाई उसको प्रेमिकाको विवाहको दिनमा प्रेमिकासँग भाग्न ‘झिल्के एण्ड द कम्पनी’ ब्यान्डका सदस्यहरुले सहयोग गरेको कथा देखाइएको छ। बियोन्डको निर्देशित भिडिओमा कमल प्रसाईंको छायांकन र विकेश मगरको सम्पादन छ।

नेपाली समाजमा देखिएको कठोर यथार्थलाई व्यङ्ग्यात्मक रूपमा चित्रण गरेको छ। जहाँ जातीयताका कारण परिवारहरूले प्रेम सम्बन्ध तोड्न बाध्य पार्छन्। अन्त्यमा बेहुलीका बुवाले नै छोरीलाई प्रेम विवाह गर्न गुपचुप साथ दिइरहेको देखाइएको छ। 

व्याण्डले गीतले नयाँ पुस्तासँगै समाजमा परम्परागत सोच र आधुनिक प्रेम तथा व्यक्तिगत स्वतन्त्रताबीचको द्वन्द्वलाई उजागर गरेको दाबी गरेको छ।

ब्यान्डका मुख्य गायक तथा गीतकार स्टिभ देवानले गीत र भिडिओले नेपालमा अन्तरजातीय विवाह र सम्बन्धलाई सामान्य रूपमा स्वीकार गर्ने संस्कृतिबारे थप बहस सुरुवात गर्ने बताए।

झिल्के एण्ड द कम्पनीमा स्टीभ देवान (गायन र गिटार), बिशाल हाङ राई (बास गिटार), र दिप्सन केसी (ड्रम्स) छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad