कला


खुल्यो ‘दुखी आत्मा’को बुकिङ, कति पायो शो?

खुल्यो ‘दुखी आत्मा’को बुकिङ, कति पायो शो?

नेपालखबर
फागुन १, २०८१ बिहिबार १२:१४, काठमाडौँ

भोलि शुक्रबारदेखि रिलिज हुने फिल्म ‘दुखी आत्मा’को बुकिङ खुला भएको छ। देशभरिकै मल्टिप्लेक्स हलहरुले यस फिल्मलाई सुखद् शो दिएका छन्। 

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स उपत्यकाका हलमा २४ शोज दिएको छ। यस्तै, बीग मुभिजले ३ शोज, वान सिनेमाज् नयाँ बाँनेश्वर र कालीमाटीको हल गरेर ९ शो, एफक्यूब सिनेमाजमा ५ शोज, आइएनआई नयाँ बाँनेश्वरमा ४ शो दिएको छ।

काठमाडौं बाहिर पनि यो फिल्मलाई सुखद शोज मिलेको छ। जसकाकारण, फिल्मले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको फिल्मको टिजर, ब्रेकअप कविता र ट्रेलरले दर्शकको साथ पाइसकेको छ। सामाजिक कथामा नयाँ नयाँ बिषय पस्कन सफल मानिएका दीपेन्द्रको यो फिल्मले यौन समस्याका कारण एक पुरुषले भोग्ने विभिन्न तनावको कथालाई प्रस्तुत गरेको छ।

हिमाल कडरियाको निर्माणमा सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad