कलाकार दीपकराज गिरी र दीपाश्री निरौला लामोसमयदेखि सहकार्य गर्दै आएका छन्।
धनियाँ र रामविलासदेखि ‘तीतो सत्य’ सम्म उनीहरूको जोडी चर्चित टेलिशृंखला निकै रुचाइयो।
त्यसपछि फिल्म ‘छक्कापञ्जा’ शृंखलामा मिलेर काम गरिरहेका छन्। जसकारण उनीहरुको सम्बन्धलाई लिएर विभिन्न टिकाटिप्पणी हुने गर्छ।
तर, दुवैले साथी भएको दाबी गर्ने गरेका छन्।
यसैबीच, आज दीपाले दीपक र आफ्नो फोटो राख्दै ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै शुभकामना दिएकी छन्।
केही समयअघि खिचेको फोटोमा दीपक र दीपालाई रोमान्टिक देख्न सकिन्छ। जुन पोस्टले दीपाले दीपकसँगको सम्बन्धलाई स्वीकार गरेको भन्दै प्रतिक्रिया आइरहेका छन्।
दीपक विवाहित हुन् भने दीपा अविवाहित। दीपक यतिखेर पारिवारिक घुमघामका लागि अस्ट्रेलियामा छन्।
कलाकारहरूले भने ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै शुभकामनाका शब्द कमेन्टमा थपिरहेका छन्।
Shares

प्रतिक्रिया