कला


एपिक नेपाल म्युजिक अवार्ड घोषणा

एपिक नेपाल म्युजिक अवार्ड घोषणा

नेपालखबर
फागुन ४, २०८१ आइतबार ८:५२, भक्तपुर

यस वर्षको पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड मध्यपुरथिमि नगरपालिकास्थित ऐतिहासिक सम्पदास्थल दुई पोखरीमा चैत २ गते आयोजना हुने भएको छ।

एपिक नेपाल म्युजिक प्रालिले शनिबार मध्यपुरथिमिको शङ्खधर पार्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा अवार्ड वितरणबारे जानकारी दिँदै मध्यपुरथिमि नगरपालिकाका निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठ विभिन्न ३२ विधामा यस वर्ष अवार्ड वितरण गरिने बताएका हुन्। उनले यस वर्षको अवार्ड प्रदानमा लाइफ टाइम एचिभमेन्ट अवार्ड वरिष्ठ कलाकार वसुन्धरा भुसाललाई प्रदान गरिने घोषणा गरे।

पत्रकार सम्मेलनमा सदावहार नायकको अवार्ड भुवन केसीलाई, रियल हिरोको अवार्ड पल शाहलाई, पत्रकार सम्मान ऋषि धमलालाई र युवा पत्रकार सम्मान ऋषि थपलियालाई प्रदान गरिने उनले बताए। 

यस वर्ष सर्वाेत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिनेमा लेकगीततर्फ गायक, गायिका, शब्द, लय, मोडल पुरुष, मोडल महिला, भिडियो निर्देशक, नृत्य निर्देशक, म्युजिक एरेन्जर, भिडियो छाँयाकार, भिडियो सम्पादक, नवगायक, नवगायिका, नवमोडल पुरुष, नवमोडल महिला अवार्ड प्रदान गरिने भएको छ।

त्यसैगरी आधुनिकतर्फ गायक, गायिका, सङ्गीतकार, गीतकार, मोडल पुरुष, मोडल महिला, भिडियो निर्देशक, लोकपप गायक, टेलिचलचित्र कलाकार, श्रृङ्गार, भाषाभाषी पुरुष कलाकार, भजन गायक, गीतकार डयास्पोरा, भाषाभाषी गायिका, नवप्रतिभा, सर्वाेत्कृष्ट खलपात्र, सर्वोत्कृष्ट चलचित्र गायकलगायतलाई अवार्ड प्रदान गरिने भएको छ।

प्रत्येक विधामा उत्कृष्ट पाँच जनाको नाम छनोट भएकामा अब सर्वोत्कृष्ट एकको छनोट गरी अवार्डका लागि सिफारिस गर्न पाँच जनाको निर्णायकमण्डल गठन गरेको श्रेष्ठले बताए। 

कलाकार मिथिला शर्माको नेतृत्वमा निर्देशक सुब्रत आचार्य, गायक चन्द्र शर्मा, निर्देशक प्रकाश भट्ट र गायिका प्राश्ना शाक्य रहेको निर्णायकमण्डल गठन गरिएको उनले बताए। निवर्तमान नगर प्रमुख श्रेष्ठले भने, ‘प्रत्येक वर्ष हुँदै आएको एपिक नेपाल म्युजिक अवार्डमा अब दुई वर्षमा आयोजना गरिने भएको छ। छैटौँ संस्करणको अवार्ड वितरण २०८३ मा हुनेछ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad