महानायक राजेश हमाल आठ वर्षपछि फिल्ममा फर्किएका छन्। उनको मुख्य भूमिका रहेको फिल्म ‘नरसिंहा: अवतार’ चैत २९ गतेबाट रिलिज हुँदैछ।
यसैबीच, हमालले प्रकाश सपुतको फिल्म ‘वसन्त’ खेलेको खबर बाहिएको छ। यस फिल्ममा राजेश विशेष भूमिकामा देखिन लागेका हुन्। गायक र अभिनेता समेत रहेका सपुतको यो डेब्यु निर्देशकीय फिल्म हो।
केही समयअघि राजेशले ‘वसन्त’ को सुटिङ सकेका थिए। उनले आज या भोलिसम्ममा स्वराङ्कन (डबिङ) गर्ने सेड्युल रहेको स्रोतले जनाएको छ।
हमालसहित ‘वसन्त’ अन्य कलाकारहरुको समेत अभिनय रहेको बताइएको छ। यद्यपी, निर्माण टिमले हालसम्म यसबारे केही खुलाएको छैन।
प्रकाशसहित स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको ‘वसन्त’ आगामी चैत २२ गतेबाट रिलिज हुँदैछ।
यसअर्थमा लामो समयपछि कमब्याक गर्न लागेका राजेशका योवर्षको अन्त्यमा दुई फिल्म दर्शकमाझ आउँदैछन्। यी दुबै फिल्ममार्फत सिनेनगरीमा हमालको पुर्नरागमन होला त? त्यो भने समयले नै बताउँला।
Shares

प्रतिक्रिया