कला


धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्न १३ सय रोपनी जग्गा हस्तान्तरण

धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्न १३ सय रोपनी जग्गा हस्तान्तरण

नेपालखबर
फागुन ५, २०८१ सोमबार १५:५२, काठमाडौँ

चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी सम्झौता भएको छ। धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसको अवसरमा सोमबार धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्नेको लागि यो सम्झौता गरिएको हो।

पूर्वसंचारमन्त्री गोकुल बासकोटा लगायतको उपस्थितीमा नगरप्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठ र बोर्ड अध्यक्ष दिनेश डीसीबीच सम्झौता गरे।

अध्यक्ष डीसीले सो अवसरमा बोल्दै धुलिखेलमा बोर्डको आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक गरे। उनले यो स्टुडियो नेपाली चलचित्र उद्योगको लागि नयाँ माइलस्टोन सावित हुने बताए।

नगरप्रमुख श्रेष्ठले चलचित्र क्षेत्रको विकासका लागि नगरपालिकाले साथ दिने बताउँदै यसले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म गन्तव्यसहित पर्यटनको रूपमा उभ्याउने आशा व्यक्त गरे।

वडाअध्यक्ष विनोद गौतमले स्थानीयलाई रोजगारीको लागि यो कदम चालेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad