पाटन उच्च अदालतले फिल्म ‘लाज शरणम्’को प्रचारप्रसारमा रोक लगाएपछि चर्चित टेलिश्रृंखला ‘सक्किगोनि’ पनि प्रसारण रोकिएको छ। यो फिल्म सक्किगोनी टिमकै जेपिटी क्रियशनले बनाएको हो।
फिल्म ‘लाज शरणम्’ प्रचारप्रसारका लागि छायांकन गरिसकिएको ‘सक्किगोनि’को ९१ औं भाग रोकिएको कम्पनीका प्रमुख तथा अभिनेता अर्जुन घिमिरे (पाँडे) ले सामाजिक सञ्जालमार्फत जानकारी दिए।
‘पाटन उच्च अदालतले हाम्रो चलचित्र ‘लाज शरणम्’ को प्रचारप्रसारमा रोक लगाएपछि हामीले चलचित्र प्रचारप्रसारको निम्ति छायांकन गरिसकेको टेलिसिरियल ‘सक्किगोनि’को ९१ औँ भाग अदालतको आदेशलाई आत्मसात गर्दै प्रसारण गर्न असमर्थ भएका छौँ । उक्त कारण यहाँहरु सम्पूर्णमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ,’उनले फेसबुकमा लेखेका छन्।
अदालतको आदेशकै कारण बुधबार फिल्मले युट्युबबाट टिजर र गीत पनि प्राइभेट गरिसकेको छ। पूर्वमन्त्री अफताव आलमको रिटमा सुनुवाई गर्दै मंगलबार पाटन उच्च अदालतले फिल्मको प्रचारप्रसारमा रोक लगाएको थियो।
Shares

प्रतिक्रिया