कला


उदितलाई अर्को लफडा, जेठी पत्नीले हालिन् मुद्दा

उदितलाई अर्को लफडा, जेठी पत्नीले हालिन् मुद्दा

कान्छी पत्नी दीपासँग उदित नारायण र जेठी पत्नी रञ्जना झा।


नेपालखबर
फागुन १२, २०८१ सोमबार २०:३८, काठमाडौँ

बलिउडका चर्चित गायक उदित नारायण झा फ्यानलाई चुम्बन काण्ड नसेलाउँदै अर्को गम्भीर कानुनी झमेलामा परेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार उनीविरुद्ध जेठी पत्नी रञ्जना झाले सुपौल पारिवारिक अदालतमा उजुरी दिएकी हुन्। जसमा उनले उदितले आफ्नो अधिकार हनन र सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाएकी छन्।

सो मुद्दामा उदित नारायण यही फेब्रुअरी २१ मा सुपौल पारिवारिक अदालतमा हाजिर भए। तर उदितले रञ्जनाका कुनै पनि माग स्वीकार गरेनन्। 

रञ्जनाले आफ्नो बढ्दो उमेर र स्वास्थ्यका कारण आफू अब उदित नारायणसँग बस्न चाहेको अदालतमा बताइन्। तर उदितले अब यस्तो सम्भावना नरहेको बताए। 

रञ्जना र उदित नारायणबीच १९८४ डिसेम्बर ७ मा विवाह भएको थियो। तर सम्बन्ध राम्रो हुन सकेन। जब उदितले १९८८ मा फिल्म उद्योगमा प्रसिद्धि पाउन थाले, तब उनले आफ्नी पत्नी रञ्जनालाई छाडे।

यसपछि रञ्जनाले महिला आयोगमा उजुरी दिइन्। त्यसपछि उदितले उनलाई फ्ल्याट र अन्य आर्थिक सहयोगको वाचा गरे तर पछि दिएनन्।

रञ्जनाको आरोपको विरोध गर्दै उदित नारायणले रञ्जनाले पैसा उठाउन खोजेको र अदालतलाई गलत जानकारी दिएको दाबी गरे।

उनले २०१३ मा बिहार महिला आयोगमा पहिलेको विवाद सौहार्दपूर्ण रूपमा समाधान गरिएको बताए। जसअन्तर्गत रञ्जनालाई हरेक महिना १५,००० रुपैयाँ दिने सहमति भएको थियो।

पछि २०२१ मा यो रकम बढाएर २५ हजार पुर्‍याइयो। उनले रञ्जनालाई १ करोडको घर, २५ लाखको कृषि जग्गा र गहनासमेत दिएको दाबी गरेका छन्।

तर, रञ्जनाले यी दाबी अस्वीकार गर्दै आफूसँग १८ लाख मूल्यको जग्गा रहेको भन्दै उदित नारायणले बेच्न रोकेको बताइन्। यस्तै रञ्जनाले आफू उदितलाई भेट्न मुम्बई पुग्दा दुर्व्यवहार गरिएको आरोप पनि लगाइन्। 

यस मुद्दामा मानवअधिकार अधिवक्ता एस.के. झाले राष्ट्रिय मानव अधिकार आयोग र बिहार मानवअधिकार आयोगमा दुईवटा याचिका दायर गरेका छन्।

एस.के. झाले भारतीय संविधान र हिन्दु विवाह ऐनअन्तर्गत कुनै पनि व्यक्तिलाई आफ्नो अघिल्लो विवाह कानुनी रूपमा समाप्त नगरी फेरि विवाह गर्ने अधिकार नभएको बताए।

उदित नारायणका गतिविधिले महिला अधिकार हनन भएको र यो मानवअधिकार हनन पनि भएको उनले बताए। 

अबको कानुनी लडाइँ के हुन्छ?
अब यस विषयमा अदालतमा सुनुवाइ जारी रहनेछ। रञ्जना झा र उदित नारायणको सम्बन्धमा के नयाँ मोड आउँछ त्यो भने प्रतीक्षाकै विषय बनेको छ।

उदितको दोस्रो बिहे दीपासँग
भारतीय सञ्चारमाध्यमका अनुसार उदित नारायणले बिहारकी रञ्जनासँग सन् १९८४ मा विवाह गरेका थिए। जतिबेला उदित बलिउडमा चर्चित नाम थिएनन्।

उनी आफ्नो करिअर बनाउन संघर्षरत थिए। यसपछि उनी श्रीमतीलाई छाडेर मुम्बई हानिए।

मुम्बईमा उदितले दीपा गहतराजलाई भेटे र प्रेममा परे। अनि उनीहरूले सन् १९८५ मा विवाह गरे। उनीहरू एक छोरा आदित्य नारायण छन्, जो पार्श्व गायक पनि हुन्।

उदित नारायण, दीपा र उनीहरूका छोरा आदित्य।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad