काठमाडौँ महानगरले महानगर क्षेत्रको १५ हजार ९० वर्गफुट क्षेत्रमा विभिन्न चित्रकला बनाएको मेयर बालेन्द्र शाहले जानकारी दिएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत मेयर शाहले सो जानकारी दिएका हुन्।
चित्रकलाको भिडिओ पोस्ट गर्दै शाहले काठमाडौँ महानगरपालिकाको ‘सुन्दर महानगर’ स्वर्णिम योजनाअन्तर्गत कलाकृति निर्माणको काम भइरहेको जनाएका छन्।
२०८० फागुन ३ गते योजना स्वीकृत भएपछि ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्य गरेर चित्र कोर्ने काम सुरु भएको हो।
यही फागुनमसान्तसम्ममा निर्धारित कार्यक्रम सम्पन्न गर्ने लक्ष्य रहेको शाहको भनाई छ।
अहिलेसम्ममा सुन्धारा (टेलिकम बाहिरको भित्तो), रंगसाला (बाहिरी भित्तो), बबरमहल आर्ट काउन्सिल (कला परिषद बाहिरको भित्तो), बानेश्वर (छक्कुबक्कु पार्क), कोटेश्वर (सरस्वती बाटिका), नरःदे (हाँडीगाउँ) का विभिन्न स्थान, प्रदर्शनीमार्ग (सभागृह र बाल्मिकी क्याम्पसको बाहिरी भित्ता) मा चित्र कोरिएको छ।
Shares

प्रतिक्रिया