फिल्म ‘वरिष्ठ बलराम’को शुभ मुहूर्तसँगै छायांकन थालिएको छ।
काठमाडौँको बूढानीलकण्ठ मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो।

सुरेन्द्र पौडेलको निर्देशन रहेको यो फिल्म लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ।
दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राईको मुख्य भूमिका रहने चलचित्रमा माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारको पनि अभिनय रहनेछ।
‘वरिष्ठ बलराम’ नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलको यो चौथो निर्देशकीय सिनेमा हो।
आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन्। निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रमा महेश दवाडीको लेखन रहने छ।
सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवन र हेटौँडाका विभिन्न जिल्लामा गरिनेछ।
सिनेमाका डीओपी मानकृष्ण महर्जन छन्।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहने छ।
‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्स्को सहकार्यमा हुनेछ।
सामाजिक कथावस्तु रहेको चलचित्रले सन्देशसँगै मनोरञ्जन दिने निर्माण पक्षको भनाइ छ।
यो चलचित्रलाई काठामाडौँ उपत्यकामा डिसिएन र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने भएका छन्।
Shares

प्रतिक्रिया