फिल्म ‘श्री बुकुरो: द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ।
सुदीप भूपाल सिंहको निर्देशन रहेको फिल्मको टिजरले एक परिवारको सम्बन्ध अनि त्यसमा आउने उतारचढावलाई समेटेको छ।
टिजरले सिनेमाको कथावस्तुबारे प्रकाश पार्छ । अभिनेत्री लक्ष्मी गिरीको संवादबाट सुरु हुने टिजरमा समावेश दृश्यलाई रोचक ढंगले प्रस्तुत गरिएकाले दर्शकको मन जित्ने देखिन्छ।
यस फिल्ममार्फत निर्देशक सिंह ७ वर्षपछि निर्देशन फर्किएका हुन्। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए।
विशुद्ध पारिवारिक कथालाई दर्शकले रुचाउने विश्वास उनको छ । यो सिनेमाको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा रहेकाले केही दिनमा प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टिमको छ।
फिल्म रेन्जको ब्यानरमा बनेको फिल्मा लक्ष्मीसहित आशीर्वाद क्षेत्री, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मालगायतको अभिनय छ।
पारिवारिक कथा रहेको सिनेमा निर्देशक सिंहकै लेखन हो भने रुबी सेन सिंहले निर्माण गरेका हुन्।
सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेको सिनेमा मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौँमा छायांकन गरिएको हो ।
सिनेमाको गीतमा रञ्जित गजमेर र वसन्त सापकोटाको संगीत भरेका हुन्।
हेर्नुहोस् भिडिओ-
Shares

प्रतिक्रिया