कला


ज्यान नै जोखिममा राखेर ‘लाज शरणम्’ को ‘सोनालाल’ बनेका थिए सीताराम

ज्यान नै जोखिममा राखेर ‘लाज शरणम्’ को ‘सोनालाल’ बनेका थिए सीताराम

नेपालखबर
फागुन २१, २०८१ बुधबार १२:१७, काठमाडौँ

फागुन १४ गतेबाट फिल्म ‘लाज शरणम्’ हलमा चलिरहेको छ। हास्य टेलिसिरियल ‘मेरी बास्सै’ चर्चामा आएका सिताराम कट्टेल (धुर्मुस) मुख्य भूमिकामा छन्। 

फरक क्यारेक्टरको कारण यतिखेर सीतारामको चर्चा भइरहेको छ। पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद अफताब आलमकाे हुलियासँग मिलेको भन्दै फिल्मविरुद्ध पाटन उच्च अदालतमा रिट परेको थियो।

यस फिल्ममा सीताराम सोनालालको भूमिकामा छन्। जुन पात्रमा ढल्न धुर्मुसले निकै मेहनेत गर्नुपरेको थियो। यतिसम्म कि उनले आफ्नो ज्यानलाई नै जोखिममा राखेका थिए। 

लेखक तथा निर्देशक कुमार कट्टेल (जिग्री)ले सीतारामलाई प्रस्ताव राखेका थिए। जुन अफर सुन्दा यो चरित्र आफूलाई सुहाउला त भन्ने दोधारमा परे धुर्मुस।  

तर, निर्देशक कुमार कट्टेल, श्रीमती कुन्जना घिमिरे ‘सुन्तली’, दीपक आचार्य ‘काकु’, अर्जुन घिमिरे पाँडे’ले उनलाई हौसला दिए। धुर्मुस भने उक्त चरित्र गर्न नपाए हुन्थ्यो भन्नेमा थिए। तर, अन्ततः धुर्मुस नै यो चरित्रका लागि फाइनल भए।

उक्त चरित्रमा शरीरको तौल बढाउनुपर्ने चुनौती र फरक लुक्समा देखिनुपर्ने थियो। उनी मुस्कान डेन्टल क्लिनिक न्युरोडमा दाँत बनाउन पुगे। दाँतको नापोसँगै उनी मेकअप आर्टिस्ट विनोद श्रेष्ठकोमा नाक बनाउन पुगे। चरित्रको स्याम्पल टेस्ट पनि गरे। 

मेकअप आर्टिस्ट श्रेष्ठले माक्स मेकअपबाट फरक क्यारेक्टर निस्किन सक्छ भन्ने सुझाव दिएपछि धुर्मुसको मास्क बनाउने कार्य सुरु भएको थियो। तर, मास्क बनाउने स्याम्पल तयार पार्दा केमिकलले उनको टाउकाको कपालसहित छालामा समेत निस्कयो। उनी त्यसको उपचार गर्न क्यूटीस् केयर अस्पतालका सञ्चालक डाक्टर धर्मेन्द्र कर्णकोमा पुगे।

कपाल चाँडो उम्रिन समय लाग्ने र चलचित्रको छायांकन तुरुन्तै हुने भएपछि निर्देशक कट्टेलले कपाल नभएका फरक-फरक चरित्रका स्केजहरु धुर्मुसलाई देखाउन थाले। धुर्मुस पनि बीचमा तालु र साइड साइडमा कपाल भएको नयाँ क्यारेक्टरको खोजीमा लाग्न थालेका थिए।

एउटा क्यारेक्टर उनले फाइनल गरे तर सो क्यारेक्टरका लागि १० केजी तौल बढाउनुपर्ने थियो। उनले भने,‘पहिला मोटोपनका कारणले कोलस्टोर, युरिक एसिडको सामना गरिरहेका थिए। त्यसपछि डाक्टर कर्टकोमा पुगे। त्यस रोगबाट मुक्त भएका कारण डाक्टरले सुरुमा त चुनौती नमोल्न सुझाव दिए।’

पछि प्रत्यक्ष निगरानीमा बसेर मोटाउने सल्लाह दिए बमोजिम धुर्मुस मोटाउन सुरु गरे। सुटिङमा नजाँदै पुनः उनको कोलस्टोर बढ्न थाल्यो। त्यसपछि त्यस क्यारेक्टरको लागि अन्य कलाकारको खोजी गरियो। 

गीतकार, गजलकार तथा संस्कृतविद् धिरेन्द्र प्रेमर्षिमार्फत हिन्दीमा स्क्रिप्ट बनाएर गोबिन्दालाई अफर पठाए। उनले चरित्र रुचाए पनि समय अभावका कारण सोही समय काम गर्न सकेनन्। त्यसपछि धुर्मुस विभिन्न ब्यक्तित्वहरुसँग भेटघाट र छलफलमा लागे।

सीताराम अझ आफूभन्दा जीवन्त भूमिका भइदिए चलचित्रलाई राम्रो हुने ठानेर कलाकार रवीन्द्र झालाई समेत उनले प्रस्ताव गरे। तर छोटो समयमा तौल बढाउन नसकिने र व्यस्त भएका कारणले उनी पनि पछि हटे ।

कतै नपाएपछि त्यो पात्रको जिम्मेवारी धुर्मुसकै पोल्टामा आयो। चुनौती मोलेर भए पनि उनले त्यो क्यारेक्टर गर्ने निधो गरे। मोटाउदै गएपछि कोलस्टोरसहित युरिक एसिड पनि बढ्न थाल्यो। उनी खुट्टा समेत टेक्न नसक्ने अवस्थामा पुगे।

यद्धपी, वैशाखको अन्तिम साताबाट छायांकन सुरु हुन सकेन। त्यसपछि उनी श्रीमती सुन्तलीसहित युरोप भ्रमणमा निस्किए। युरोपमै हुँदै गर्दा उनलाई हाल लाज शरणम्’मा गरिएको चरित्रको परिकल्पना हुन पुग्यो। 

उनले युरोपबाटै मेकअप आर्टिस्ट गणेश अछामीलाई सम्पर्क गरे र अछामीले भारतबाट सामान मगाउने सुझाव दिए। सोही अनुसार उक्त चरित्र बनाउने सामाग्रीहरू जुट्दै गयो।

जब धुर्मुस नेपाल आइपुगे र निर्माण टिमले भदौको अन्तिम साताबाट छायांकनका लागि जाने तयारी गर्‍यो । धुर्मुसको चरित्रको स्याम्पल टेस्ट गरियो। सबैलाई मन पराखएपछि धुर्मुस छायांकनका लागि निर्माण टिमसँगै डोल्पा पुगे।

हाई अल्टिच्युट त्यसमाथि शरीरको तौल धेरै भएको कारण उनलाई छायांकन गर्न समेत कठिन भयो। जब उनी डोल्पाको छायांकन सकेर काठमाडौँ आए उनको स्वास्थ्यमा समस्या देखा पर्न थाल्यो।

‘कोलस्टोर अत्याधिक बढेको र रगतमा बोसोको मात्रा अत्याधित भएपछि गाह्रो भयो। रगत पातलो बनाउन औषधी खाँदै मैलै पटक पटक मुटुको ई सिजी गर्दै छायांकनमा सहभागी भए,’उनले सुनाए।

छायांकनको अन्त्य अन्त्यतिर आउँदा शरीरभरि फोकैफोका देखापर्न थाल्यो। पुनः डाक्टर धर्मेन्द्र कर्णकोमा पुगेर स्किनको उपचार गराउन थाले। एकातिर कोलस्टोरको औषधि सेवन अर्कातिर स्किनको औषधि सेवन गर्दै उनले छायांकनलाई पूरा गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad