कला


अन्तर्राष्ट्रिय प्रदर्शनमा ‘लाज शरणम्’ ले रच्यो नयाँ कीर्तिमान

अन्तर्राष्ट्रिय प्रदर्शनमा ‘लाज शरणम्’ ले रच्यो नयाँ कीर्तिमान

नेपालखबर
फागुन २२, २०८१ बिहिबार १२:१३, काठमाडौँ

फिल्म ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय प्रदर्शनमा नयाँ कीर्तिमान रचेको छ। ‘लाज शरणम्’ ले ओभरसिज मार्केटमा ऐतिहासिक प्रदर्शन गर्दै नयाँ कीर्तिमान कायम गरेको हो।

नेपालमा फागुन १४ गते रिलिज भएको याे चलचित्र त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो। मध्यपूर्वका चार देशका ४० सिनेमा घरमा रिलिज भएको सेभेन सिज सिनेमाका प्याट्रिक सुवेदीले जानकारी दिए।

फेब्रुअरी २८ मा अमेरिका, क्यानडा र अष्ट्रेलियामा यो चलचित्र रिलिज भएको छ। सुवेदीका अनुसार ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय बजारमा नयाँ कीर्तिमान बनाएको हाे।

‘अमेरिका र क्यानडाका ७७ हलहरूमा प्रर्दशन भएको छ। ‘लाज शरणम्’ले उत्तर अमेरिकामा एकै दिन सबैभन्दा धेरै हल पाउने चलचित्रको नयाँ रेकर्ड बनाएको छ, ’ उनले भने।

अष्ट्रेलियामा पनि यो फिल्म ३० स्थानमा  रिलिज भएको थियो। ‘विश्वभर एकै दिन सुबैभन्दा धेरै हलमा रिलिज हुने सिनेमाको रेकर्ड बनाएको छ,’ वितरक सुवेदीले दाबी गरे।

‘लाज शरणम्’ मार्च ७ बाट यूकेका सिनेवर्ल्ड, भीयूई, शोकेस, सिनेमासमा पनि प्रदर्शन हुँदैछ। चलचित्र ‘लाज शरणम्’ नेपालमा बुधबारबाट प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ।

‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन्। यस फिल्ममा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन्।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन्। राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad