कला


देशभर २ सय भन्दा धेरै शोसहित हलमा लाग्यो ‘होस्टेल ३’

देशभर २ सय भन्दा धेरै शोसहित हलमा लाग्यो ‘होस्टेल ३’

नेपालखबर
फागुन २३, २०८१ शुक्रबार १०:७, काठमाडौँ

बहुप्रतिक्षित फिल्म ‘होस्टेल ३’  देशभर प्रदर्शन भएको छ। सशान कँडेलद्वारा निर्देशित यस फिल्मले पहिलो दिन देशभर २०० भन्दा बढी शोसहित रिलिज भएको हो।

हलहरूले बुधवारदेखि नै अग्रिम बुकिङ खुला गरेका थिए।  हलहरूमा प्राप्त शो र बुकिङको आँकडालाई हेर्दा चलचित्रको व्यापारले राम्रो गति लिने वितरकको दाबी छ।

 ‘होस्टेल ३’ अघिल्ला दुई संस्करणहरू बक्स अफिसमा सफल भएकाले यो चलचित्र प्रतीक्षित थियो । युवा पुस्तालाई लक्षित यो चलचित्रले नेपाली चलचित्रका मुख्य दर्शक वर्गलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। 

 यस चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ। प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन्। आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन्।

यसको गीत र ट्रेलर सार्वजनिक भएपछि यसको चर्चा बढेको थियो । ट्रेलर रिलिजको ६ घण्टामै युट्युबको ट्रेन्डिङमा परेको थियो र २१ घण्टामा १० लाख भ्युज पाएको थियो। 

हालसम्म पनि यो ट्रेलर नेपालमा फिल्म सेक्सनमा पहिलो स्थानमा छ भने भारत, बेलायत, जापान, कोरिया, मध्यपूर्वसहित २० भन्दा बढी देशमा ट्रेन्डिङमा आएको थियो। चलचित्रले भारतीय चलचित्र उद्योगको ट्रेन्डिङमा प्रवेश गरी इतिहास कायम गरेको छ।

माधव शर्माले पटकथा तथा संवाद लेखेका हुन् भने उनी एसोसियट निर्देशक पनि हुन्। चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह(निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्। 

अर्जुन तिवारीले छायाङ्कन निर्देशन गरेको यस चलचित्रको सम्पादन विकास दाहालले गरेका छन्। चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad