दुईदिनअघि कमेडी शो कमेडी दरबार को प्रोमो सार्वजनिक गरिएको थियो। प्रोमोमा अहिलेका चर्चित गायक कुमा सागरको विषय पनि छ।
कमेडियनहरू विकास अर्याल र विश्वास तिमल्सिनाले कुमा सागरको विषयमा कमेडी गर्छन्। कुमा सागरको फ्यान कडा हुने र चलाउने नमिल्ने बताउँछन्।
साथै कुमार सागरले गीत गजब गाउने बताउँदै सुन्न मिलेपनि गाउन नमिल्ने भन्दै व्यङग्य गर्छन्। त्यसपछि जजसहित अडियन्स बेस्सरी हास्छन्।
यति भएपछि कुमा सागरका फ्यानलाई के चाहियो र? कुमा सागरलाई होच्याएको भन्दै नेवार समुदायले विरोध गरिरहेका छन्।
नेवार समुदायबाट अत्याधिक प्रेसर आएपछि कमेडी दरबारको नयाँ एपिसोडबाट उक्त क्लिप हटाइएको छ।
कमेडीमा कुमा सागरलाई होच्याएको भन्दै नेवाः समुदायबाट उक्त क्लिप हटाउन दबाब आएसँगै कमेडी दरबार टिमले क्लिप काट्ने निर्णय गरेको छ।
केही समयअघि सजन श्रेष्ठसहित कमेडियनहरू उत्सव सापकोटा र सुजन जिम्बा र पडकास्ट चलाउने सुशान्त प्रधान लगायतले गायक कुमा सागरलाई गिज्याएको भन्दै विरोध भएको थियो। उनीहरुविरुद्ध काठमाडौँ प्रहरी परिसरमा उजुरी परेको थियो। यसैलाई कमेडी दरबारमा व्यङ्ग्य गरिएको हो।
Shares

प्रतिक्रिया