कला


दयाहाङको फिल्म ‘मितज्यू’बाट नेपाली सिनेमामा डेब्यु गर्दै तेरिया मगर

दयाहाङको फिल्म ‘मितज्यू’बाट नेपाली सिनेमामा डेब्यु गर्दै तेरिया मगर

नेपालखबर
फागुन २८, २०८१ बुधबार १०:५४, काठमाडौँ

अनिल बुढा मगरको निर्देशनमा बन्ने फिल्म ‘मितज्यू’ मा तेरिया फौजा मगर अनुबन्धित भएकी छ्न। भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपतमा डेव्यु गर्न लागेकी हुन्।

यस फिल्मको मुख्य भूमिकामा तेरियासहित अभिनेता दयाहाङ राई देखिनेछ्न। 

यसअघि तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा अभिनय गरेकी थिइन्। उनको प्रवेशसँगै सिनेमाको चर्चा बढ्ने देखिन्छ। 

नेपाली दर्शक तेरियालाई नेपाली सिनेमामा अभिनय गरेको हेर्न चाहन्थे। उनले समाजिक सञ्जालमा पोस्ट गर्ने तस्वीमा यस्ता प्रतिक्रिया प्रशस्त देख्न पाइन्छ। उनले नेपाली सिनेमा ‘मितज्यू’मा अभिनय गर्ने निश्चित भएसँगै यो सिनेमा दर्शकको प्रतिक्षामा रहनेछ।

जनक घर्ती मगरको लगानीमा निर्माण हुने सिनेमाका लागि दयाहाले दोस्रो पटक सहकार्य गर्न लागेका हुन्। उनीहरुले यसअघि यसवर्षको सुपरहिट सिनेमा ‘घरज्वाइँ’मा काम गरिसकेका छन्। 

गत असार २८ गते प्रदर्शकमा आएको सिनेमाले ५१ औं दिन मनाउनुका साथै दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो।

जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा सिनेमा निर्माण हुनेछ। अर्को वर्षको छायांकन हुने सिनेमामा दयाहाङ र तेरिया बाहेक अन्य कलाकार को-को रहने छन् निर्माण टिमले सार्वजनिक गरेको छैन्।

आगामी वर्षको चैत २७ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा भैसकेको छ। महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad