गत बिहिबार रिलिज भएको फिल्म ‘आउटलः दफा २१९’ ले दर्शकहरूको राम्रो साथ पाइरहेको छ। यसैबीच, यस फिल्मका मुख्य अभिनेता सुशील श्रेष्ठले फिल्मका लागि साँच्चिकै कुटाइ खाएको भन्दै एक भिडियो र केही तस्बिर सार्वजनिक गरेका छन्।
उनले मेकरले रियल नगरौँभन्दा पनि फिल आउँछ भने रियल नै गरौँ भनेर आफूले दृश्य दिएको उल्लेख गरेका छ्न।
उनले लेखेका छन्-‘म अझै सम्झन्छु, जब हामी यो दृश्य सुट गर्दै थियौँ निर्देशकले बारम्बार भनेका थिए, रियल नगरौँ । तर, मैले भनेको थिएँ, यदि यो दृश्यलाई म सकेसम्म वास्तविक बनाउन सकेँ भने दर्शकहरूले यसलाई अझ गहिरोसँग महसुश गर्नेछन्।’
उनले यो फिल्म आफ्नो टिमले दिनरात नभनी मिहिनेत गरेर काम गरेको पनि सुनाए। साथै, हरेक दृश्यलाई उत्कृष्ट बनाउनका लागि निकै मिहिनेत गरिएको पनि उनले संम्झिएका छन्- हाम्रो सपना थियो, संवेदनशील विषयलाई उठाएर नेपाली एक्सन फिल्मलाई नयाँ उचाइमा पुर्याउने।’
सुशीलले फिल्म नहेरेका दर्शकलाई हेरेका दर्शकले सामाजिक संजालमा प्रतिक्रिया बाँड्न पनि आग्रह गरेका छन्। फिल्मको एक्सन, कथावस्तु र मेकिङलाई दर्शकले रुचाएका छन्।
Shares

प्रतिक्रिया