भारतका विवादास्पद स्ट्यान्ड-अप कमेडियन कुणाल कामराले मंगलबार आफ्नो एक्स ह्यान्डलमा अर्को भिडिओ सेयर गर्दै महाराष्ट्र र केन्द्र सरकारविरुद्ध कटाक्ष गरेका छन्।
भिडिओमा मुम्बईको खारमा रहेको ह्याबिट्याट कमेडी क्लबमा भएको तोडफोडका दृश्य पनि छन्।
भिडिओ-
सोमबार कुणाल कामराले आफ्नो स्ट्यान्ड अप एक्टको विवादमा विज्ञप्ति जारी गर्दै महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देविरुद्ध गरिएको टिप्पणीका लागि माफी नमाग्ने बताएका थिए।
कामराले विज्ञप्तिमा कमेडी शो रेकर्ड गरिएको स्थानमा भएको तोडफोडको आलोचना गरेका थिए।
My Statement - pic.twitter.com/QZ6NchIcsM
— Kunal Kamra (@kunalkamra88) March 24, 2025
३६ वर्षीय हास्य कलाकार कामराले आफ्नो हालैको एउटा कार्यक्रममा एक लोकप्रिय हिन्दी फिल्म गीतको प्यारोडी गरेर शिन्देको राजनीतिक करिअरको आलोचना गरेका थिए। जसले महाराष्ट्रमा ठूलो राजनीतिक आँधीबेहरी आएको छ।
कुणाल कामराले कार्यक्रमको रेकर्डिङ आइतबार आफ्नो युट्युब च्यानलमा पोस्ट गरेका थिए।
यसपछि शिव सेनाका नेताहरूले कुणाल कामरालाई शिवसैनिकले कुटपिट गर्ने धम्की दिएका थिए।
Shares

प्रतिक्रिया