कला


एकै मिनेट बत्ती निभ्दा पनि सबैले सम्झिने नाम ‘कुलमान घिसिङ’: मदनकृष्ण श्रेष्ठ

एकै मिनेट बत्ती निभ्दा पनि सबैले सम्झिने नाम ‘कुलमान घिसिङ’: मदनकृष्ण श्रेष्ठ

नेपालखबर
चैत १४, २०८१ बिहिबार १३:२२, काठमाडौँ

सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राविधिकरणको कार्यकारी निर्देशकबाट हटाएकामा चौतर्फी चर्को आलोचना भइरहेको छ।

जसविरुद्ध कलाकारहरूले पनि टिप्पणी गरिरेहका छन्। 

यसै क्रममा कलाकार मदनकृष्ण श्रेष्ठले पनि कुलमानलाई हटाएकाप्रति दु:ख व्यक्त गरेका छन्।

उनले फेसबुकमा स्टाटस लेख्दै कुलमानलाई बर्खास्त गर्दा जनता खुसी नभएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन्।

‘एउटा समारोहमा माइकमा बोल्दै थिएँ, आवाज बन्द भयो। बत्तीहरू सबै निभे। लोडसेडिङ भएको थिएन, टुपिनको तार मात्र छुटेको रहेछ। एकछिन तार छुटेर बत्ती निभ्दा पनि सबैले कुलमान घिसिङको नाम लिएका थिए। एकै मिनेट बत्ती निभ्दा पनि सबैले सम्झिने नाम- कुलमान घिसिङ’, उनले लेखेका छन्, ‘कुलमान घिसिङलाई समय नपुग्दै पदबाट हटाएकामा जनता खुसी छैनन् है सरकार। पटक्कै खुसी छैनन्।’

यस्तै उनले हरेक लक्ष्मीपूजाका दिन घरघरमा झलमल्ल बत्ती बलेको देख्दा सम्झिने विशेष नाम कुलमान भएको, अँध्यारो रातलाई उज्यालो  बनाउने ऐतिहासिक नाम कुलमान भएको पनि उल्लेख गरेका छन्।

यसअघि कलाकार हरिवंश आचार्यले पनि कुलमान बर्खास्तप्रति असन्तुष्टि जनाउँदै लेखेका थिए, ‘कुलमान नेपाली कुलकै उज्यालो हुन्, अन्धकार बनाउन हुँदैन थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad