चर्चित गायक राज सिग्देलले एकल गजल गायन गर्ने भएका छन्।
शनिबार काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा आयोजना हुने बिम्ब उत्सवमा सिग्देलले एकल गजल प्रस्तुत गर्ने भएका हुन्।
बिम्ब आर्ट्सको प्रस्तुतिमा हुने एकल गजल गायन अपराह्न ४ बजे सुरु हुने बताइएको छ।

आयोजक बिम्ब आर्ट्सकी संगीता थापा मगरका अनुसार कार्यक्रममा संगीतकारहरू चण्डिप्रसाद काफ्ले, सुरेश गैरे, केशव पौडेल, एलिया सुनुवार, राज सागर र दिनेश गौतमको पनि उपस्थिति रहनेछ।
गायक राज सिग्देलले १३ बर्षपछि आफूले एकल गजल गायन गर्न लागेको जानकारी दिए।
‘१३ वर्षअघि नाचघरमा एकल गजल गायन गर्ने मौका पाएको थियो। यो अवधिमा मैले पनि धेरै कुरा सिक्ने, बुझ्ने मौका पाएको छु, त्यसैले कार्यक्रमको अवधिभर मेरो झण्डै २० वटा गजल प्रस्तुत गर्ने कोसिस गर्नेछु। कार्यक्रमको समयावधि दुई घण्टा राखेका छौँ’, उनले भने।
कार्यक्रमको टिकट दर ५ सय र १ हजार रुपैयाँ राखिएको आयोजकले जनाएको छ।
Shares

प्रतिक्रिया