कला


कस्तो छ सस्पेन्स थ्रिलर फिल्म ‘खेल’को ट्रेलर?

कस्तो छ सस्पेन्स थ्रिलर फिल्म ‘खेल’को ट्रेलर?

नेपालखबर
चैत १७, २०८१ आइतबार १७:५५, काठमाडौँ

सस्पेन्स थ्रिलर फिल्म ‘खेल’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा मुख्य कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, र भोलाराज सापकोटाको अभिनय देख्न सकिन्छ।

यो ट्रेलरमा शिक्षकले विद्यार्थीहरूलाई काठमाडौंको इतिहास पढाउँदै गरेका छन् भने केही अन्धविश्वास, रोगको प्रकोप र कालो जादुका विषयहरू पनि छन्। पुराना कलाकृति र शिलालेखहरूको दृश्यहरू छन्। साथीहरूबीचको मित्रता र असमझदारी दुवै देखाइएको छ। उनीहरू लुडो र अन्य खेलहरू खेलिरहेका छन्।

अभिनेत्री सुरक्षा पन्तको अस्वाभाविक व्यवहार, हेना नगरकोटीको रहस्य सुल्झाउने प्रयास, र मोनिका थापा र समापिका गौतमको फरक गतिविधिले चलचित्रमा रहस्य र डरको आभास दिन्छ।

ट्रेलरमा एउटा खेलपछि उत्पन्न हुने समस्याको चर्चा गरिएको छ। ‘एउटा पौराणिक कथा, सदियौँदेखिको बन्धन, एउटा घातक खेल, मित्रताको बन्धन, ईर्ष्याद्वारा भ्रष्ट, अकाट्य भोग’ जस्ता वाक्यांशहरूले चलचित्रको रहस्यमय र डरलाग्दो वातावरणलाई थप बलियो बनाएका छन्। यसबाट थाहा हुन्छ कि यो चलचित्र साथीहरूको कथासँगै काठमाडौं उपत्यकाको उत्पत्ति र इतिहास पनि बताउँछ।

चलचित्रको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर, र सस्पेन्सको मिश्रणमा आधारित छ, जसमा अध्ययनका लागि काठमाडौँको होस्टेलमा बसेका साथीहरूको कथा प्रस्तुत गरिएको छ, जसलाई आफ्नै विगतको भयानक घटनाले पछ्याइरहेको हुन्छ। ट्रेलरमा यी साथीहरूको जीवनमा आउने रहस्यमय घटनाहरू र तिनले सामना गर्नुपर्ने चुनौतीहरूलाई देखाइएको छ।
 
अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त निर्देशन रहेको यो फिल्म आगामी वैशाख १२ गते प्रदर्शन हुनेछ। सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्मका  निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन्। चलचित्रको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad