कला


‘सिकन्दर’ रिलिजका दिन सलमानको व्यवहारले रिसाए रश्मिकाका फ्यान (भिडिओ)

‘सिकन्दर’ रिलिजका दिन सलमानको व्यवहारले रिसाए रश्मिकाका फ्यान (भिडिओ)

रश्मिका मन्दानलाई कारबाट तान्दै सलमान खान


नेपालखबर
चैत १८, २०८१ सोमबार १३:५४, काठमाडौँ

सलमान खानको फिल्म ‘सिकन्दर’ले रिलिज भएकै दिन आइतबार राम्रो कमाइ गरेको छ। 

सलमानसँगै फिल्मकी नायिका रश्मिका मन्दाना पनि निर्देशक एआर मुरुगादोसको फिल्मको प्रचारमा व्यस्त देखिएकी छन्। 

फिल्म हलमा रिलिज भएको केही घण्टापछि आइतबार (मार्च ३०) साँझ मुम्बईमा यी दुई जना देखिए। जसका धेरै तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेका बेला एउटा विशेष क्लिपले धेरैको ध्यान खिचेको छ।

जसमा सलमान खान तस्बिर खिचाउन पोज दिइरहेको देखिन्छ भने रश्मिका मदाना आफ्नो कारबाट बाहिर निस्कन्छिन्। अभिनेत्री बाहिर निस्कनुअघि सलमानले उनलाई आफूतिर तानिरहेका छन्, जसले गर्दा उनी लड्नै लागेको देखिन्छ। 

भिडिओ-

यो भिडिओका विषयमा सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ। रश्मिकामा फ्यानहरूले सलमानको व्यवहारमा प्रश्न उठाएका छन्।

रिसाए रश्मिकाका फ्यान
इन्स्टाग्राममा एकजनाले प्रश्न गरेका छन्, ‘उनले (सलमानले) किन उनी (रश्मिका) सँग दुर्व्यवहार गरे?’

अर्काले लेखेका छन्, ‘उनले किन उनको हात त्यसरी तानेको?’

अर्काे कमेन्टमा भनिएको छ, ‘उनले उनलाई बाहिर आएर तस्बिर खिच्न बाध्य पारे।’ रश्मिका मन्दानाका एक फ्यानले लेखेका छन्, ‘यस्तो लाग्छ- उनले त्यो व्यवहार सहज मानिरहेकी थिइनन्।’

अर्काले लेखेका छन्, ‘यो अपमानजनक छ। यो कार्यबाट उनी सहज नभएको स्पष्ट देखिन्छ।’

अर्को फ्यानले भनेका छन्, ‘उनले किन उनलाई बाहिर तान्दै छन्?’ 

यसअघि फिल्मको ट्रेलर लन्च कार्यक्रममा पनि ३१ वर्ष कान्छी रश्मिकाको हिरो बनेको भन्दै धेरैले सलमानको आलोचना गरेका थिए।

त्यसमा सलमानले नायिकालाई आपत्ति छैन, उनका बाबुआमालाई कुनै समस्या छैन, तपाईंहरूको किन टाउको दुख्यो भन्ने जवाफ दिएका थिए। सलमान खान ५९ वर्ष पुगे भने रश्मिका २८ वर्षकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad