आगामी जेठ १५ गते बिहीबार रिलिज हुने फिल्म ‘महाभोज’को पहिलो गीत ‘मख्खै परेँ’ सार्वजनिक भएको छ।
कौडा भाकाको यस गीतमा सुरेन्द्र दियालीका शब्द, प्रशान्त सिवाकोटीको स्वर तथा संगीत छ।
ससिका राईले सिवाकोटीलाई स्वरमा साथ दिएकी छन्।
गीतको भिडिओमा मुख्य कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतले कौडा नृत्य गरेका छन्।
यसका साथै अभिनेता आर्यन सिग्देल र अभिनेत्री सुरक्षा पन्तको आकर्षक उपस्थिति छ।
आर्यनलाई गाउँको सभ्रान्त व्यक्तिका रूपमा प्रस्तुत गरिएको छ भने सुरक्षा उनकी पत्नीको भूमिकामा छिन्।
भिडिओको अन्त्यमा मलिका र खगेन्द्र छापामारको पोसाकमा देखिन्छन्, जसले चलचित्रको विषय र कथालाई रहस्यमय बनाएको छ।
गीतका कोरियोग्राफर मौसम हिमाली हुन्। दिनेश राउत निर्देशित फिल्ममा विकास सुवेदीको स्क्रिप्ट लेखन छ।
यस चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतले अभिनय गरेका छन्।
क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन्।
Shares

प्रतिक्रिया