कला


आमिर खानको ‘लापता लेडिज’ले विदेशी फिल्मको कथा चोरेको आरोप

आमिर खानको ‘लापता लेडिज’ले विदेशी फिल्मको कथा चोरेको आरोप

नेपालखबर
चैत २०, २०८१ बुधबार १२:१९, काठमाडौँ

आमिर खानको फिल्म ‘लापता लेडिज’लाई कथा चोरेको आरोप लागेको छ। 

किरण राव निर्देशित बलिउड फिल्म ‘लापता लेडिज’ सन् २०२४ मा रिलिज भएको थियो। दर्शकले फिल्मको कथालाई निकै मन पराए। सोही कारण यो फिल्म भारतबाट अस्करका लागि समेत पठाइएको थियो। तर पहिलो राउन्डमै बाहिरियो। 

‘लापता लेडिज’लाई विदेशी फिल्मको कथा चोरी गरेको आरोप लागेको हो। सामाजिक सञ्जालमा केही मानिसले यो फिल्म अरबी सर्ट फिल्म ‘बुर्का सिटी’सँग मिल्दोजुल्दो भएको दाबी गरिरहेका छन्। 

विशेषगरी एक्समा केही व्यक्तिले यी दुवै फिल्मबीचको समानता औँल्याएका छन्।

सन् २०१९ को १९ मिनेट सर्ट फिल्म ‘बुर्का सिटी’मा एक पुरुषले झुक्किएर आफ्नी दुलहीको साटो अर्कै महिला लिएर गएको कथा छ।

फिल्मले समाजमा महिलाको स्थितिलाई व्यंग्य गरेको छ।

‘लापता लेडिज’को कथा पनि त्यस्तै छ।

फिल्ममा गल्तीले दुलही साटिन्छन्, किनभने दुवैले बुर्का लगाएका थिए।

यो समानता देखेर मानिसहरूले ‘लापता लेडिजले ‘बुर्का सिटी’को कपि भनिरहेका छन्।

‘लापता लेडिज’को कथा २००१ मा मिडिल इस्ट भनिने काल्पनिक राज्यमा आधारित छ।

फिल्ममा रेल यात्राका क्रममा दुई दुलही साटासाट भएको देखिएको छ।

एक बेहुलाले गल्तीले अर्की बेहुलीलाई घर लिएर जान्छ र वास्तविक बेहुलीचाहिँ रेलवे स्टेसनमा अलपत्र पर्छिन्।

यसपछि प्रहरी अधिकारी किशन यो रहस्य सुल्झाउन अगाडि आउँछन्।

यो फिल्म आमिर खान, किरण राव र ज्योति देशपाण्डेले संयुक्त रूपमा निर्माण गरेका हुन्।

अहिलेसम्म कथा चोरेको आरोपमा फिल्मका निर्माता तथा निर्देशक किरण रावबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

यो विवाद केवल संयोग हो वा वास्तवमा फिल्मको कथाबाट प्रेरित हो, हेर्न बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad