बेलायती स्ट्यान्ड-अप कमेडियन, अभिनेता तथा पोडकास्टर रसेल ब्रान्ड विरुद्ध बलात्कार र यौन दुर्व्यवहारको मुद्दा दर्ता गरिएको छ।
बीबीसीकी नुर नान्जीको रिपोर्टअनुसार लन्डनको महानगरीय प्रहरीले रसेल ब्रान्डलाई पत्र लेखेर उनीविरुद्ध मुद्दा दर्ता गरिएको जानकारी दिएको हो।
ब्रान्डलाई मे २ मा वेस्टमिन्स्टर मजिस्ट्रेटको अदालतमा उपस्थित हुन भनिएको छ।
रसेल ब्रान्डविरुद्ध लगाइएका आरोप चार फरक महिलासँग सम्बन्धित छन्।
सेप्टेम्बर २०२३ मा द सन्डे टाइम्स, द टाइम्स र च्यानल ४ को वृत्तचित्र शृंखला 'डिस्प्याचेस'मा रसेल ब्रान्डविरुद्ध धेरै गम्भीर आरोप लगाइएका थिए। यसपछि प्रहरीले रसेल ब्रान्डलाई धेरैपटक सोधपुछ गरेको थियो।
तर ४९ वर्षीय रसेल ब्रान्डले आरोप अस्वीकार गरेका थिए।
108
Shares

प्रतिक्रिया