कला


राजेश हमालको ‘नरसिंहाः अवतार’ को विदेशमा उच्च माग, जापान अधिकार बेचियो

राजेश हमालको ‘नरसिंहाः अवतार’ को विदेशमा उच्च माग, जापान अधिकार बेचियो

नेपालखबर
चैत २४, २०८१ आइतबार १६:१५, काठमाडौँ

दिवाकर भट्टराइको लेखन तथा निर्देशन फिल्म ‘नरसिंहाः अवतार’को फस्टलुक सार्वजनिक भएसँगै यसको विदेशमा माग उच्च रुपमा बढेको छ। फिल्मको फस्टलुकसँगै विदेशका अधिकांश ठाउँबाट कुरा आएको र केही दिनमै अधिकांश देशमा बिक्री भइसक्ने निर्देशक भट्टराइको दाबी छ। 

यसैबिच, यो फिल्मको जापान अधिकार बिक्री भएको छ। फिल्मको जापान अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो। जापानका दर्शकले यो फिल्मको विषयमा सोधपुछ गर्न थालेपछि आफूले प्रदर्शन अधिकार खरिद गरेको यूएनएका प्रमुख उज्ज्वल गुरागाँइको भनाई छ। निर्माणपक्षले कति रकममा जापान अधिकार बिक्री गरेको हो, त्यो खुलाएको छैन।

अभिनेता राजेश हमालको कमब्याक फिल्म भएकाले पनि यसको चर्चा बढेको छ। साथै, फिल्मको निर्माणपक्षले ६० फिट लामो पोस्टर सार्वजनिक गरेपछि यसको चर्चा चलेको हो।

यस फिल्ममा निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ।  दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी रहेको यो फिल्म जेठ ९ गतेबाट रिलिजमा आउँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad