कला


‘पिताम्बर’को ट्रेलर युट्युव ट्रेन्डिङको शीर्ष स्थानमा

‘पिताम्बर’को ट्रेलर युट्युव ट्रेन्डिङको शीर्ष स्थानमा

नेपालखबर
चैत २५, २०८१ सोमबार ८:३६, काठमाडौँ

चैत २९ गतेबाट रिलिज हुने मल्टिस्टारर फिल्म ‘पिताम्बर’ को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा परेको छ। यो फिल्म मुभि सेक्सनको एक नम्बरमा पुगेको हो। 

गत मंगलबार एक कार्यक्रमकाबीच रिलिज गरिएको ट्रेलरलाई हालसम्म २० लाख बढी भ्यूज मिलेको छ। 

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईंको निर्देशन छ। 

फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतको अभिनय छ।

फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन्।

विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता हुन्। 

प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद रहेको फिल्ममा पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनले छायांकन गरेका हुन्। यस फिल्मलाई फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ।

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad