कला


सञ्चारकर्मी राधिकाको नयाँ गीत ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक

सञ्चारकर्मी राधिकाको नयाँ गीत ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक

नेपालखबर
चैत २५, २०८१ सोमबार १८:४०, काठमाडौँ

सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक भएको छ। गायिका तारा अधिकारीको स्वरमा सार्वजनिक भएको गीतमा संगीतकार दीपक शर्माले संगीत भरेका छन्।

संविन सुवेदीले संगीत संयोजन गरेका छन्। सार्वजनिक गीत गायिका अधिकारीको पाँचौ गीत हो। लामो समय संगीत साधना गरेकी अधिकारी भाइरल गीत गाउन नचाहेका कारण उति साह्रो चर्चामा आउन भने सकेकी छैनन्।

२०७२ सालमा एकल एल्बम ‘किनारा’ मार्फत सांगीतिक बजारमा आएकी अधिकारीका दर्जन बढी गीत सार्वजनिक भएका छन्। लेखनमा सामाजिक मुद्दा उठाउन गर्ने अधिकारी गीतमा पनि जीवन, मानवीय संवेदना र समाजप्रति उत्तरदायी देखिन्छिन्।

बिन्ध्यबासिनी म्यूजिकबाट बजारमा आएको गीतको म्यूजिक भिडिओमा मोडल स्मारिका ढकाल र नव नायक सागर खनालले अभिनय गरेका छन्। जीवनको मध्ये बिन्दूमा बाँचि आएको जीवन प्रतिको सम्झनामा लेखिएको गीतमा ढकाल र खनालको प्रेमिल जोडी खुलेको छ।

गीतको म्यूजिक भिडिओ निर्देशन प्रहिल कार्कीले गरेका हुन्। भूपेन्द्र थापा मगरले खिचेको भिडिओको दृष्य सम्पादन माधव बेलबासेले गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad