भारतीय अभिनेता अल्लु अर्जुनले नयाँ फिल्म घोषणा गरेका छन्। मंगलबार उनले जन्मदिनको अवसर पारेर नयाँ फिल्म बनाउने घोषणा गरेका हुन्।
यस फिल्मका लागि उनले निर्देशक एटलीसँग सहकार्य गर्दैछन्। त्यसैगरि, फिल्मका निर्माता भने कलानिधि मारन हुनेछन्।
सन पिक्चर्सले सामाजिक सञ्जालमा एउटा भिडियो पनि सेयर गरेको छ। जसमा एटली र अल्लु अर्जुन यस प्रोजेक्टको लागि सँगै काम गरिरहेको देख्न सकिन्छ।
भिडिओमा अल्लु अर्जुनले फिल्ममा हस्ताक्षर गरेको र लस एन्जलसको भीएफएक्स स्टुडियोको भ्रमण गरेको पनि देखाइएको छ। अल्लु अर्जुनलाई चेन्नईमा रहेको प्रोडक्सन हाउसको कार्यालयतर्फ जाँदै गरेको देखाइएको छ, जहाँ उनी निर्देशक एटली र निर्माता कलानिधि मारनलाई भेट्छन्।
तीनै जना मिलेर छलफल गर्छन् र त्यसपछि फिल्ममा हस्ताक्षर गर्छन्। यसपछि अल्लु अर्जुन र एटली लस एन्जलसको भीएफएक्स स्टुडियोको भ्रमण गर्छन्। त्यहाँ उनीहरुले फिल्मसम्बन्धित व्यक्तिहरुलाई भेट्छन्। जसकारण फिल्ममा हलिउडको भिएक्सन प्रयोग गरपिने अनुमान गरिएको छ।
यो अल्लु अर्जुनको २२ औं फिल्म हुनेछ भने एटलीको छैटौं। त्यसैले फिल्मलाई अस्थायी रूपमा ह्यासट्याग ‘एए२२-ए ६ गियर अप’ नाम दिइएको छ।
Shares

प्रतिक्रिया