२०८१ साल नेपाली फिल्मको लागि ऐतिहासिक वर्ष सावित भएको छ। किनकी यसवर्ष धेरै फिल्महरुले राम्रो व्यापार गरेका छन्। स्वदेशी तथा विदेशी फिल्मसहित यसवर्ष नेपाली फिल्मको बजार २ अर्ब ७० करोड पुगेको छ।
चलचित्र विकास बोर्डको रिपोर्टअनुसार यसवर्ष नेपाली र अन्तर्राष्ट्रिय रिलिजबाट मात्र यसवर्ष कूल २ अर्ब ७० करोड रुपैयाँ कमाइ पुगेको हो। जसमा नेपालीतर्फ हालसम्म ५९ नेपाली रिलिज हुँदा ग्रस कलेक्सन १ अर्ब ८० करोड छ। यसवर्ष रिलिज भएका कूल ८३ विदेशी फिल्मको कमाई ८९ करोड ५८ नेरु छ।
यसवर्षको नेपाली बजारको आकार ऐतिहासिक मात्रै नभई अभूतपूर्ण देखिएको छ। पहिलोपटक नेपाली फिल्म बजारको कमाइमा यो किसिमको उछाल देखिएको हो। नेपालीतर्फ ‘पूर्णबहादुरको सारंगी’ ले अत्याधिक कमाइ गर्दा विदेशीतर्फ भने दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ ले उच्च व्यापार गरेको छ।
यसवर्ष सर्वाधिक कमाइ गर्ने नेपालीसहित विदेशी फिल्महरुको सूची यसप्रकार छ:
धेरै कमाउने १० नेपाली फिल्म
१२ गाउँ- १९ करोड ९२ लाख रुपैयाँ ग्रस
छक्कापञ्जा ५- १५ करोड २० लाख ग्रस
बोक्सीको घर- १० करोड २ लाख ग्रस
अञ्जिला- ७ करोड ५० लाख रुपैयाँ ग्रस
पूजार सार्की- ७ करोड ३७ लाख रुपैयाँ ग्रस
घरज्वाइँ- ५ करोड ९ लाख रुपैयाँ ग्रस
फर्की फर्की- ४ करोड ८४ लाख रुपैयाँ ग्रस
मनसरा- ४ करोड ७८ लाख रुपैयाँ ग्रस
लाज शरणम्- ४ करोड ३४ लाख रुपैयाँ ग्रस
धेरै कमाइ गर्ने १० विदेशी फिल्म
पुष्पा २- २६ करोड ४४ लाख रुपैयाँ ग्रस
कल्की २८९८ एडी-१२ करोड ५७ लाख
स्त्री २- ८ करोड ११ लाख नेरु ग्रस
सिंघम अगेन- ४ करोड ९४ लाख नेरु ग्रस
भुलभुलैया ३- ४ करोड ७२ लाख नेरु ग्रस
सिकन्दर- २ करोड ९० लाख नेरु ग्रस
डेडपुल एण्ड वुल्भरिन- २ करोड ७१ लाख नेरु ग्रस
छावा- २ करोड २० लाख नेरु ग्रस
द ग्रेटेस्ट अफ अल टाइम (गोट)- २ करोड २ लाख नेरु ग्रस
देवारा पार्ट वन- १ करोड ९७ लाख नेरु ग्रस
Shares

प्रतिक्रिया