कला


सौगात र बेनिशाको ‘कल्ली’ कात्तिक २१ मा रिलिज हुने

सौगात र बेनिशाको ‘कल्ली’ कात्तिक २१ मा रिलिज हुने

नेपालखबर
चैत २७, २०८१ बुधबार १७:१८, काठमाडौँ

जुम्लामा छायांकन भइरहेको फिल्म ‘कल्ली’को प्रदर्शन मिति तय गरिएको छ। निर्माणपक्षले आउँदो वर्षको कात्तिक २१ गतेबाट फिल्म रिलिज गर्ने घोषणा गरेको हो।

तिहारको दुई सातापछि यो फिल्म रिलिजमा आउन लागेको हो। काफिया फिल्मस् र कुबेर फिल्मस्ले यो फिल्मलाई काठमाडौं र मोफसलमा वितरण गर्नेछन्। वितरकहरुसँग सल्लाह गरेर रिलिज मिति तय गरिएको प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए।

हिमाल कडेरिया र अमला देबी राई निर्माता रहेको फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहेको छ। महेश दवाडीको लेखन रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन्। निसाल पौडेलको छायांकन रहेको यो फिल्मको कथावस्तुको विषयमा निर्माणपक्षले केही पनि बताएको छैन। 

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा यो फिल्म बनेको हो। यस फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad