सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्मबाट डेब्यु गरेका अभिनेता आशिष पिया कमब्याक गर्ने भएका छन्। ‘समर लभ’ रिलिजको ५ वर्षपछि उनी ‘अमिगोस’बाट नेपाली सिनेक्षेत्रमा कमब्याक गर्न लागेका हुन्।
लभस्टोरी जनरामा बन्ने यस फिल्मको छायांकन आगामी भदौबाट नेपाल र अष्ट्रेलियामा गरिनेछ। यो सिनेमाको लेखन तथा निर्देशन मार्केन्डे डिपविम बस्नेत (मार्कु) गर्नेछन्। उनी पनि करिव एक दशकपछि नेपाली सिनेमाको लेखन तथा निर्देशनमा कमब्याक गर्दैछन्। उनले यसअघि ‘सौर्य’ र ‘द्रव्य’को लेखन तथा निर्देशन गरेका थिए।
बिएस इन्टरनेसनल स्टुडियोको व्यानरमा निर्माण हुने लभस्टोरी सिनेमा ‘अमिगोस’लाई विकास आचार्यले निर्माण गर्नेछन्। उनले पहिलो पटक सिनेमा निर्माणमा हात हालेका हुन्। सुरेन्द्र रावल सह–निर्माता रहेको सिनेमाको अष्ट्रेलियामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन गरिनेछ।
हाल सिनेमाका लागि २ मुख्य कलाकारको खोजी भैरहेको निर्माण टिमले जानकारी दिएको छ। केही दिनमा मुख्य भूमिकामा काम गर्ने आशिषबाहेकका एक अभिनेता र एक अभिनेत्रीको टुङ्गो लाग्नेछ।
Shares

प्रतिक्रिया