कला


‘के घर के डेराः घर नं २’को टिजरमा गाउँबाट काठमाडौँ आएर संघर्ष गर्नेको कथा

‘के घर के डेराः घर नं २’को टिजरमा गाउँबाट काठमाडौँ आएर संघर्ष गर्नेको कथा

नेपालखबर
चैत २९, २०८१ शुक्रबार १६:३६, काठमाडौँ

दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरास् घर नं २’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा नेपाली निम्न बर्गीय परिवारले भोग्ने समस्यालाई समेटिएको छ। 

आफ्नो दुःख अरूलाई सुनाएर मन हलुंगो बनाएको दृश्य टिजरमा छ। पृथ्वी एक डेराको रुपमा रहेको र हरेक मान्छेले भाडा तिरिरहेकाले तेरो र मेरो भन्नुको कुनै अर्थ नरहेको सन्देश टिजरले दिन्छ।

गाउँबाट काठमाडौँमा आएर संघर्ष गर्ने नेपालीको कथालाई टिजरले समेटेको छ। पशुपतिको किनारमा रहेका दुई दुखी पात्रको कथा साटेको देखाएको टिजरले सामाजिक कथावस्तु सिनेमाले उठाउने प्रष्ट पारेको छ। पारिवारिक प्रेम, वियोग र त्यसले दिने मानसिक यातना टिजरमा छ। टिजरमा समावेश संवादहरु मनछुने छन्।

यस फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ। कृष्णबहादुर थापाको सिनेमामा छायांकन गरेको फिल्मको निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्। कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। चलचित्रको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका छन्। यो फिल्म जेठ २ मा रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad