कथक नृत्यांगना (डान्सर) कुमुदिनी लाखियाको निधन भएको छ।
९४ वर्षीया उनको आज (अप्रिल १२) बिहान निधन भएको हो।
कुमुदिनीको संस्थान 'कदम्बा' का प्रशासक पारुल ठाकुरले बीबीसी गुजरातीसँग बताएअनुसार आज बिहान ६:३० बजे अहमदाबादस्थित घरमै उनको मृत्यु भएको हो।
कुमुदिनी लाखियाको अन्त्येष्टि आजै गरिने बताइएको छ।
कुमुदिनी लाखियालाई यस वर्ष भारतको दोस्रो सर्वोच्च नागरिक पुरस्कार, पद्म विभूषण प्रदान गरिएको थियो।
27
Shares

प्रतिक्रिया