नयाँ वर्ष २०८२ को अवसर पारेर ‘जारी’ को सिक्वेल बनाउने घोषणा गरिएको छ। सोमबार नेपाली नयाँ वर्षमा सिनेमाको फस्टलुक सार्वजनिक गर्दै ‘जारी २’ निर्माण घोषणा गरिएको हो।
सिक्वेलमा पनि दयाहाङ राई, मिरुना मगर र विजय बरालको मुख्य भूमिकामा देखिनेछ्न्।
सिनेमाको निर्माण टिमले सोमबार सार्वजनिक गरेको पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ।
‘जारी २’ मा २०८० सालको ब्लकबस्टर सिनेमाका ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको नै लेखन तथा निर्देशन रहनेछ। यो सिनेमा यही वर्षको दसैFमा रिलिज गरिने समेत सार्वजनिक पोस्टरमा उल्लेख छ।
कवी उपेन्द्र सुब्बाको डेब्यु निर्देशन गरेको जारीले नेपाली बक्सअफिसमा १७ करोड माथीको व्यापार गरेको थियो।
दयाहाङ, विजय र मिरुनासँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मसकाे ब्यानरमा निर्माण हुने सिनेमालाई रामबाबु गुरुङले निर्माण गर्नेछन्। यो सिनेमाको सम्पूर्ण छायांकन पाँचथरका विभिन्न पर्यटकीय गन्तव्यमा गरिनेछ। वैशाख तेस्रो साताबाट फिल्मको सुटिङ सुरु हुनेछ।
Shares

प्रतिक्रिया