कला


‘भूठान’को ट्रेलर सार्वजनिक, फरक अवतारमा हरिवंश (भिडिओ)

‘भूठान’को ट्रेलर सार्वजनिक, फरक अवतारमा हरिवंश (भिडिओ)

नेपालखबर
बैशाख ३, २०८२ बुधबार ९:१८, काठमाडौँ

हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’को ट्रेलर सार्वजनिक भएको छ।

ट्रेलरमा देशले लखेटेर अमेरिकामा बस्नुपर्ने बाध्यता र भुटानी शरणार्थीको मनोविज्ञान प्रस्तुत गरिएको छ।

जहाँ हरिवंशलाई अहिलेसम्मकै फरक अवतारमा देख्न सकिन्छ। उनको बेजोड अभिनय र चोटिला संवादले ट्रेलर निकै मन छुने बनेको छ।

विष्णु केसीको भूमिकामा देखिएका उनी भुटानी नागरिक हुन्छन्। जो सन् २०८८ मा भुटानको राष्ट्रिय फुटबल खेलाडी समेत हुन्। तर, देशकाल र परिस्थितिले नेपाल हुँदै अमेरिकामा पुग्छन्।

अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश गम्भीर मुद्रामा देखिएका छन्। जो आफ्नो जन्मथलो फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको ट्रेलरमा देख्न सकिन्छ।

हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्न पनि पहिलोपटक नेपाली निर्देशकले बनाएको फिल्ममा देखिएका छन्।

विनोद पौडेल निर्देशित यस फिल्ममा हरिवंशसहित दयाहाङ राई, पूजा चन्द, अनुराधा मजुमदार, ऋचा घिमिरे, जोएस पाण्डे, टम क्रेनलगायतको अभिनय छ।

अंग्रेजीमा ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ नाम रहेको फिल्ममा हलिउडका चर्चित अभिनेता ब्रुस डर्नले पनि अभिनय गरेका छन्। ‍यस फिल्मको प्रमुख निर्माता अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताभ जोशी, सुशांक मैनाली र कीर्तना बाँस्कोटा हुन्।

फिल्म ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्म्सले निर्माण गरेको हो।

फिल्मले भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छाड्नुपर्दाको कथा र आफ्नो जराको खोज समेटेको छ।

यो फिल्म यही वैशाख १२ गते रिलिज हुँदै छ।

हेर्नुहोस् ट्रेलर:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad