केही समययता बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनीता आहुजालाई सञ्चारमाध्यमले सम्बन्ध विच्छेदका विषयमा मात्र प्रश्न गरिरहेका छन्।
यसैबीच उनले फेरि एकपटक सम्बन्ध विच्छेदको हल्लाबारे प्रतिक्रिया दिएकी छन्।
इन्स्ट्यान्ट बलिउडले राखेको जिज्ञासामा सुनीताले हाँस्दै भनिन्, ‘म बाल्यकालदेखि नै यस्तै छु, मेरो मनमा कुनै द्वेष छैन। मैले एउटा पोडकास्टमा पनि भनेको थिएँ कि जसको मनमा केही खोट हुँदैन त्यो धेरै हाँस्छ। तर म धेरै शान्त छु।’
यस क्रममा उनले पति गोविन्दाले हसाउने आफू मात्र भएको र कहिले नरुवाएको पनि बताइन्।
गोविन्दसँगको सम्बन्धबारे कुरा गर्दै सुनीता आहुजाले भनिन्, ‘मानिसहरू भन्छन् कि गोविन्द एक मनोरञ्जनकर्ता हुन् तर गोविन्दलाई मनोरञ्जन दिन सक्ने एक महिला मात्र हुन्- सुनीता आहुजा। मबाहेक अरू कसैले गोविन्दलाई मनोरञ्जन दिन सक्दैन। म उनलाई हँसाउन सक्छु, तर मैले उनलाई कहिल्यै रुवाएको छैन।’
सुनीता आहुजाले केही समयअघि हिन्दी रशलाई दिएको अन्तर्वार्तामा आफू र गोविन्दा १२ वर्षदेखि छुट्टाछुट्टै बसिरहेको बताएकी थिइन्। अर्को अन्तर्वार्तामा उनले गोविन्दा एक्लै रक्सी पिएर आफ्नो जन्मदिन मनाउनले गरेको आरोप लगाएकी थिइन्।
सुनिताका यी भनाइ भाइरल भए र सम्बन्ध विच्छेदको खबर हेडलाइन बन्यो। मिडिया रिपोर्टमा ६१ वर्षीय गोविन्दा ३० वर्षीया मराठी अभिनेत्रीसँग अफेयर रहेको पनि भनिएको थियो। यसै कारण सुनीता ३८ वर्षदेखि वैवाहिक सम्बन्ध तोड्न लागेको बताइएको थियो।
तर पछि सुनीताले उक्त हल्लाको खण्डन गरेकी थिइन्।
Shares

प्रतिक्रिया