अरुणिमा लम्साल र बिमलेश अधिकारीको मुख्य भूमिका रहेको वेब सिरिज ‘घर बट् इन अमेरिका’को ट्रेलर सार्वजनिक भएको छ।
काठमाडौँमा आयोजित एक समारोहबीच याे गीत सार्वजनिक गरिएको हाे।
सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण गरिएको सिरिजमा बिमलेश अधिकारीको निर्देशन रहेको छ। यो सिरिज नयाँ वर्ष २०८२ को अवसर पारेर यही वैशाख दोस्रो हप्ता एकै पटक १२ वटै एपिसोड स्ट्रिमिङ हुने बताइएको छ।
सम्पूर्ण छायाङ्कन अमेरिकामै गरिएको सिचुएशनल कमेडी–ड्रामा विधामा आधारित यस सिरिजले अमेरिका पुगेका नेपाली अभिभावक र लिभ–इन रिलेसनशिपमा रहेकी छोरीबीचको सम्बन्ध र त्यहाँको जीवनशैलीलाई उजागर गर्छ ।
सिरिजमा अधिकारीसँगै अभिनेत्री अरुणिमा लम्साल पनि अभिनयमा फर्किएकी छन्। उनी झन्डै १० वर्षपछि अभिनयमा पुनरागमन गरेकी हुन् । यसका अन्य प्रमुख कलाकारमा राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा रहेका छन् ।
रोशन घिमिरे निर्माता रहेको सिरिजमा सुमित्रा अधिकारी र कुमारी घिमिरे सह–निर्माताका रूपमा जोडिएका छन्। कथा, पटकथा र संवाद लेखन विवेक चम्लागाईंले गरेका हुन्।
(भिडिओ)
Shares

प्रतिक्रिया