कला


फिल्म ‘लाज शरणम्’ले मनायो प्रदर्शनको ५१ औँ दिन

फिल्म ‘लाज शरणम्’ले मनायो प्रदर्शनको ५१ औँ दिन

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १२:२९, काठमाडौँ

फिल्म ‘लाज शरणम्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ। शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज भएको यस फिल्मले आजबाट थुप्रै हलमा ५१औँ दिन मनाइरहेको छ।

उच्च शो सहित प्रदर्शन सुरु गरेको चलचित्रमा अहिले पनि उपलब्ध शो मा दर्शकको अकुपेन्सी उच्च रहेको छ। यो सिनेमाले १३ वटा हलहरूमा ५१ प्रदर्शनको औँ दिन मनाएको छ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको ‘लाज शरणम्’ले काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज, सिडिसी सनेमा र मोफसलमा झापाको विर्तामोडमा रहेको क्युएफएक्स, दमकमा रहेको डिम्याक्स सिनेमाज र बुटवलमा रहेको आइएनआई सिनेमाजमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए ।

पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको ‘लाज शरणम्’ले हालसम्म ५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माता श्रेष्ठले जानकारी दिए।

चलचित्रमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), रेणु योगी, अर्पण थापा मुख्य भूमिकामा छन्।

यस्तै, सिनेमामा कमलमणी नेपाल (खुपीका बाउ), मुकुन्द श्रेष्ठ, माला लिम्बुसँगै प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामतलगायत  कलाकारको अभिनय छ।  

कर्णालीको कथाव्यथा प्रस्तुत गरेको 'लाज शरणम'लाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । सुदीप बराल छायांकार रहेको चलचित्रको सहनिर्माता राम नरेश शाह र सिर्जना खड्का छन्। चर्चित हास्य सिरियल 'सक्किगोनि' समूहद्वारा निर्माण गरिएको यो पहिलो फिचर सिनेमा हो।

कर्णालीको कथाव्यथा प्रस्तुत गरेको 'लाज शरणम'लाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । सुदीप बराल छायांकार रहेको चलचित्रको सहनिर्माता राम नरेश शाह र सिर्जना खड्का छन् । चर्चित हास्य सिरियल 'सक्किगोनि' समूहद्वारा निर्माण गरिएको यो पहिलो फिचर सिनेमा हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad