आज शुक्रबारदेखि अक्षयकुमार स्टारर बलिउड फिल्म ‘केसरी २’ प्रदर्शनमा आएको छ।
आज नयाँ नेपाली फिल्म रिलिज नहुँदा यस फिल्मले सोलो रिलिजको मौका पाएको हो।
‘केसरी-च्याप्टर २’ सन् २०१९ मा रिलिज भएको ‘केसरी’ को दोस्रो शृंखला हो।
फिल्मले सन् १३ अप्रिल १९१९ मा पन्जाबस्थित जलियांवाल बागको हत्याकाण्ड समेटेको छ।
केसरी २ को कथा सी शंकरन नायरको बारेमा हो, जसले पहिले ब्रिटिस सरकारका लागि काम गर्थे। तर, जालियाँवाला बाग नरसंहारबाट यति दु:खी भए कि उनले ब्रिटिस सरकारविरुद्ध मुद्दा लडे र जिते।
फिल्ममा अक्षय कुमारले सीएस नायरको भूमिका निर्वाह गरेका छन्। करण सिंह त्यागी निर्देशित यस फिल्ममा अक्षयसँगै अनन्या पाण्डे, आर माधवनलगायतको अभिनय छ।
267
Shares

प्रतिक्रिया