गत फागुन २३ गतेबाट रिलिज भएको फिल्म ‘होस्टेल ३’ले प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ। काठमाडौँको रञ्जना सिनेप्लेक्सस्थित हलमा सिनेमाले यो सफलता हासिल गरेको हो।
निर्माण टिमले सोमबार रञ्जना सिनेप्लेक्स ५१ औँ दिन उत्सव नाममा सेलिब्रेसन कार्यक्रम समेत राखेको छ। जहाँ सिनेमाका कलाकारहरुको उपस्थिति रहेको छ।
सशान कंडेललको डेब्यु निर्देशन रहेको यस फिल्मले ५ करोडबढीको व्यापार गरिसकेको छ। दर्शकहरुको मायाका कारण ५१ औँ दिन मनाउन सम्भव भएको निर्माणटिमले जनाएको छ।
यस फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली, आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ लगायतको मुख्य भूमिका रहेको छ। प्रवीण खतिवडाले वार्डेनको भूमिकामा छन्।
फिल्ममा माधव शर्माले पटकथा तथा संवाद लेखन तथा एसोसियट निर्देशन रहेको छ। चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन्।
Shares

प्रतिक्रिया