पहलगाम आक्रमणका कारण सलमान खानले आफ्नो कार्यक्रम 'द बलिउड बिग वन' को बेलायत भ्रमण रद्द गरेका छन्। यो सो मे ४ र ५ मा आयोजना हुने तय भएको थियो।
अभिनेता खानले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत यो सो रद्द भएको जानकारी दिएका हुन्।
उनले लेखेका छन्, ‘कश्मीरमा हालै भएको दु:खद घटनालाई ध्यानमा राख्दै हामीले मे ४ र ५ मा म्यानचेस्टर र लन्डनमा हुने तय भएको ‘द बलिउड बिग वान’ कार्यक्रम स्थगन गर्ने कठिन निर्णय लिएकामा हामी अत्यन्तै दुःखी छौँ।’
‘हामीलाई थाहा छ फ्यानहरू हाम्रो प्रस्तुति हेर्न उत्सुकतापूर्वक पर्खिरहेका छन्, तर शोकको यस समयमा हामीले कार्यक्रम रोक्नु नै उत्तम ठानेका छौँ।’
उनले यो कार्यक्रमसँग सम्बन्धित नयाँ मितिबारे चाँडै जानकारी दिइने पनि उल्लेख गरेका छन्।
1.1k
Shares

प्रतिक्रिया