फिल्म ‘मायाप्रीति’ मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन्।
‘नाइँ नभन्नू ल ६’ बाट डेब्यु गरेका उनी यस फिल्ममा मुख्य भूमिकामा देखिनेछन्।
यसअघि फिल्ममा दिव्या रायमाझी पनि अनुबन्धित भइसकेकी छिन्। यस फिल्ममा आशीर्वाद र दिव्याको जोडी हेर्न पाइनेछ।
पछिल्लो समय आशीर्वाद नयाँ नयाँ फिल्ममा व्यस्त छन्। हालै उनले निरुता सिंहसँगको फिल्म ‘महावीर’ पनि साइन गरेका थिए।
वन टु थ्री स्टुडियोज प्रालिको ब्यानरमा बन्न लागेको फिल्मको छायांकन जेठ पहिलो साताबाट हुनेछ।
अवि श्रेष्ठको निर्देशनमा बन्ने फिल्मको कार्यकारी निर्माता निशा अधिकारी र सन्तोष कार्की हुन्।
27
Shares

प्रतिक्रिया