अभिनेता समीर भट्टको जन्मदिनको अवसरमा ‘बलिदान’को प्रि(टिजर सार्वजनिक गरिएको छ। जन्मदिनको अवसर पारेर शुभकामना स्वरूप सार्वजनिक गरिएको टिजरमा समीर मात्रै फिचर्ड छन्।
भिडिओको अन्त्यमा समीरको आक्रोशपूर्ण चिच्याहटले दृश्यलाई अझ शसक्त बनाएको छ। यो फिल्म आगामी दसैंको फूलपातीमा रिलिज हुनेछ।
यस फिल्ममा समीरसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ। फिल्ममा निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन्।
276
Shares

प्रतिक्रिया