सांगीतिक जोडी देवी घर्ती र राजु ढकालले नयाँ गीत ल्याएका छन्। देवी घर्ती अफिसियल युट्युव अकाउन्डमार्फत ‘झलीको झलल’ बोलको गीत सार्वजनिक गरिएको हो।
नविन रानाको शब्द रहेको गीतमा देवी र राजुकै स्वर सुन्न सकिन्छ। एचबिएन किस्मतले गीतमा संगीत तथा एरेन्ज गरेका छन्।
गीतको भिडिओमा पनि देवी र राजु स्वयमनै फिचर्ड छन्। जेरी भण्डारीको कोरियोग्राफी र निर्देशन रहेको गीत ग्रामीण परिवेशमा तयार पारिएको छ।
नवराज उप्रेतीले खिचेको गीतको भिडिओलाई रामकुमार मगरले सम्पादन गरेका हुन्। सार्वजनिक गीतलाई दर्शकहरुबाट राम्रो प्रतिक्रिया मिलिरहेको छ।
66
Shares

प्रतिक्रिया