कला


‘महाराजधिराज’मा रमेश उप्रेती अनुबन्धित

‘महाराजधिराज’मा रमेश उप्रेती अनुबन्धित

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १८:१३, काठमाडौँ

‘महाराजधिराज’मा अभिनेता रमेश उप्रेती अनुबन्ध भएका छन्। रमेश मुख्यमध्ये एक भूमिकामा देखिनेछन्।

रमेश लामो समयपछि रमेश चलचित्रमा फर्किन लागेका हुन्। चलचित्र ‘ऐश्वर्य’पछि उनी पहिलोपटक चलचित्रमा काम गर्न लागेका हुन्। यसबीचमा केही चलचित्रमा अनुबन्ध भए पनि रिलिज भएका छैनन्। केही गीतका भिडिओमा भने रमेश देखिएका छन् ।

परिच्छेद सेनले निर्देशन रहने यस फिल्ममा यसअघि पल शाह मुख्य भूमिकामा देखिने पक्का भइसकेको छ।

फिल्मका निर्देशक सेन स्वयंको लेखन रहेको छ। उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।

‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो। सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad