कला


‘बलिदान’को प्रि-टिजरले मच्चायो तहल्का, नेपालसहित दर्जनभन्दा बढी देशमा युट्युब ट्रेन्डिङमा

‘बलिदान’को प्रि-टिजरले मच्चायो तहल्का, नेपालसहित दर्जनभन्दा बढी देशमा युट्युब ट्रेन्डिङमा

नेपालखबर
बैशाख १८, २०८२ बिहिबार १३:२७, काठमाडौँ

समीर भट्ट अभिनीत फिल्म ‘बलिदान’को प्रि-टिजर सार्वजनिक भएको केही घण्टादेखि नै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा छ।

अभिनेता भट्टको जन्मदिनको अवसर पारेर बुधबार सार्वजनिक टिजरलाई दर्शकले रुचाइरहेका हुन्।

हालसम्म टिजरलाई ५ लाखभन्दा बढी भ्युज मिलिसकेको छ।

विदेशमा पनि यस फिल्मप्रति निकै चासो देखिन्छ।

नेपालीहरूको बाक्लो बसोबास रहेका यूएई, कुवेत, कतार, अस्ट्रेलिया, मलेसिया, जापान, र दक्षिण कोरियालगायत मुलुकमा पनि यो टिजर ट्रेन्डिङमा छ।

देशभक्तिपूर्ण भावनाले ओतप्रोत संवाद र दमदार एक्सन दृश्यसहितको प्रि-टिजरमा समीर भट्टको आक्रोशपूर्ण अभिनय देख्न सकिन्छ।

यो फिल्म यस वर्ष दसैँको अवसरमा रिलिज हुँदै छ।

आसुसेन फिल्म्स् प्रालिको प्रस्तुतिमा बनेको फिल्मको निर्देशन सन्तोष सेनले गरेका हुन्।

फिल्ममा समीरसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ।

फिल्ममा पवन ब्राडफोर्ड बिस्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माता हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad