कला


भारतमा पाकिस्तानी कलाकारको इन्स्टाग्राम अकाउन्टमा प्रतिबन्ध

भारतमा पाकिस्तानी कलाकारको इन्स्टाग्राम अकाउन्टमा प्रतिबन्ध

नेपालखबर
बैशाख १८, २०८२ बिहिबार १४:५३, काठमाडौँ

केहीदिअघि भारतको कश्मिरस्थित पहलगाममा भएको आक्रमणमा २७ जनाले ज्यान गुमाए। त्यसपछि दुई देशबीचको सम्बन्ध झन् तनावपूर्ण भइरहेको छ। भारतले पाकिस्तानी नागरिकलाई देश छाड्न भनेको छ।

दुवै देशकले एकअर्काको फिल्म र कलाकारलाई समेत प्रतिबन्ध लगाइरहेका छन्। यसैबीच, भारतले चर्चित पाकिस्तानी कलाकारको इन्स्टाग्राम खातालाई प्रतिबन्ध लगाएको छ।

बुधबार सबै पाकिस्तानी कलाकारहरूको खाता भारतीय प्रयोगकर्ताहरूको लागि निलम्बित गरिएको छ। अबदेखि कुनै पनि भारतीय प्रयोगकर्ताले पाकिस्तानी सेलिब्रेटीको सामाजिक सञ्जाल खाता हेर्न सक्ने छैनन्।

भारतमा प्रतिबन्धित पाकिस्तानी सेलिब्रेटीमा माहिरा खान, हानिया आमिर, सजल अली, अली जफर, माया अली, आयजा खान, इकरा अजिज, सनम सईद समावेश छन्।

माहिरा खान, अली जफर, सजल अलीले बलिउडमा काम गरिसकेका छन्। सजल अली फिल्म ‘मम’मा श्रीदेवीकी छोरीको भूमिकामा देखिएकी थिइन्।

त्यस्तै, भारतले धेरै पाकिस्तानी टेलिभिजन कलाकारलाई समेत प्रतिबन्ध लगाएको छ। पाकिस्तानका सबैभन्दा लोकप्रिय अभिनेता फवाद खानको खाता अझै पनि भारतीय प्रयोगकर्ताहरूको लागि उपलब्ध छ।

फवाद खान बाहेक, सनम तेरी कसम स्टार मावरा होकने, हिन्दी मिडियम पाकिस्तानी अभिनेत्री सबा कमर, युमना जैदी, महविश हयात, अभिनेता वहाज अली र उर्वा होकानेको खाता पनि बन्द गरिएको छैन।

गृह मन्त्रालयको आदेशमा धेरै पाकिस्तानी युट्युब च्यानलहरू पनि भारतमा ब्लक गरिएको छ। यसमा एआरवाई डिजिटल र हम टिभीका युट्युब च्यानलहरू पनि समावेश छन्, जुन भारतीय प्रयोगकर्ताहरूका लागि पाकिस्तानी कार्यक्रमहरूको स्रोत थिए।

गृह मन्त्रालयको सिफारिसमा भारत सरकारले १६ वटा पाकिस्तानी युट्युब च्यानलमाथि प्रतिबन्ध लगाएको छ। सरकारी स्रोतहरूका अनुसार यी च्यानलहरूलाई भारत, भारतीय सेना र सुरक्षा एजेन्सीहरू विरुद्ध भड्काउने, साम्प्रदायिक र भ्रामक समाचार फैलाएको आरोप लगाइएको छ।

२०१६ मा उरी आक्रमणपछि, सबै पाकिस्तानी कलाकारहरूलाई भारतमा काम गर्न प्रतिबन्ध लगाइएको थियो। यही कारणले गर्दा माहिरा खान र फवाद खान जस्ता कलाकारहरूले धेरै भारतीय फिल्महरू छोड्नुपरेको थियो। 

सन् २०२३ मा, बम्बई उच्च अदालतले राजनीतिक तनावका कारण कलाकारहरूलाई सजाय दिन नसकिने भन्दै पाकिस्तानी कलाकारहरूलाई प्रतिबन्ध लगाउने याचिका खारेज गर्‍यो। जसकारण पाकिस्तानी कलाकारहरूले फेरि हिन्दी सिनेमामा काम पाउन थाले।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad